“थाइल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-२१
- A
- A-
- A+
जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. २७ बालुवा स्थाई घर भई हाल का.जि.टोखा न.पा. वडा नं. ९ म्याग्दीचोक बस्ने वर्ष ३१ को नन्दलाल महतोले भिम बहादुर बुढा लाई वैदेशिक रोजगारीको लागि थाइल्याण्ड पठाईदिन्छु, थाइल्याण्ड जानको लागि रु. ३,५०,०००/- ( अक्षेरुपी तिन लाख पचास हजार रुपैयाँ ) लाग्छ, थाइल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा मा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३,५०,०००/- (अक्षरुपी तिन लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज नन्दलाल महतोको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।२० गते का.जि. टोखा न.पा. वडा नं.९ म्याग्दीचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नामः नन्दलाल महतो
उमेर : ३१ वर्ष
ठेगानाः जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. २७ बालुवा स्थाई घर भई हाल का.जि. टोखा न.पा. वडा नं.९ म्याग्दीचोक