“बिभिन्न ब्यक्तिहरुको खातामा रकम पठाउन लगाई ठगी गर्ने ब्यक्ति पक्राउ”
२०८०-०१-२१
- A
- A-
- A+
IME कार्यालयमा गई बिभिन्न ब्यक्तिहरुको नाममा रहेका बैक खाताहरुमा रकम पठाउनु पर्नेछ भनि खाता नम्बर र खातावालाको नाम समेत दिई पटक-पटक गरी जम्मा रु ३,००,०००।– रकम पठाउन लगाई IME कार्यालयका संचालकलाई IME गरेको रकम नदिई बाहिर गई फोनमा कुरा गरे जस्तो गरी भागि फरार रहेका जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं.२ सानेपा बस्ने बर्ष ३१ को अनिल मालाकारलाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:
नामथर : अनिल मालाकार
उमेर : ३१ बर्ष
ठेगाना : जिल्ला
ललितपुर, ललितपुर म.न.पा.वडा नं.२ सानेपा