“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-२१
- A
- A-
- A+
जिल्ला खोटाङ दिक्तेल न.पा. वडा नं.
१० पाथेका स्थाई घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने वर्ष
२२ को सुरज राईले गोविन्द बि.सीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल
जानको लागि रु. ९,००,०००/- ( अक्षेरुपी नौ लाख रुपैयाँ ) लाग्छ, पोर्चुगल
पुगेपछि Hotel मा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-
भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी
जम्मा रु. ३,४२,०००/- (अक्षरुपी तिन
लाख बयालीस हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक
रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार
भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज सुरज राईलाई खोजतलास गर्ने
क्रममा मिति २०८०।०१।२१ गते का.जि.का.म.न.पा. वडा नं. १० बुद्धनगरबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नामः सुरज राई
उमेर : २२ वर्ष
ठेगानाः जिल्ला खोटाङ दिक्तेल न.पा. वडा नं. १० पाथेका स्थाई घर भई हाल का.जि. का.म. न.पा. वडा नं. ३२ कोटेश्वर