प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"नेपाली नागरिकता लिने १० भारतीय नागरिकहरुको समूह पक्राउ "

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

भारत देश उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पंचायत भिमपुरा थाना बेल्थरा रोड स्थायी वतन भएका भारतीय नागरिकहरुको समूहले नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा विशेष गरी नागरिकता बनाउन टोली स्थलगत रुपमा खटिएको समय पारी झुट्टा विवरण पेश गरी नेपालको तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देही लगायतका स्थानबाट नेपाली नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा घर-जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले झुठ्ठा विवरण पेश गरी बिभिन्न मितिमा सक्कलै नेपाली नागरिकता प्राप्त गरेको देखिन आई निजहरु बिरुद्ध सम्मानित जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पूर्जी समेत लिई उक्त भारतीय नागरिकहरुको निगरानी राखी खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको विशेष टोलीले मिति २०८०।०१।२३ गते काठमाण्डौको शंखमुल, कलंकी, वागबजार, गंगबु, बानेश्वर लगायतका स्थानबाट तपसिलमा उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरि निजहरुलाई नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको ।

 

अनुसन्धानबाट खुल्न आएका कुराहरुः

v पक्राउ परेका भरत प्रसाद गुप्ताले जिल्ला सिराहा रामनगर मिर्चैया-२ बस्ने शिव शंकर प्रसाद गुप्ताको छोरा भरत प्रसाद गुप्ता (जन्म मिति २०२५/०१/१९) को नाममा मिति २०६३/१२/१७ गते जन्मको आधारमा १५३०९०/१०४ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका राहुल गुप्ताले जिल्ला सिराहा रामनगर मिर्चैया-२ बस्ने भरत प्रसाद गुप्ताको छोरा राहुल गुप्ता (जम्म मिति २०४९/१०/०१ ) को नाममा मिति २०७०/०१/२९ गते वंशजको आधारमा १५३०९०/३४ नम्बरको नेपाली नागरिकता लिएको देखिएको । साथै निजले २०७१/०८/०१ MRP समेत लिएको देखिएको ।

v पक्राउ परेकी अर्का भारतीय नागरिक ज्ञानमती देवी गुप्ताले जिल्ला सिराहा रामनगर मिर्चैया-२ बस्ने भरत प्रसाद गुप्ताको श्रीमती ज्ञानमति देवी गुप्ताको (जन्म मिति २०३०/०१/१० ) को नाममा मिति २०६८/०३/०९ गते १५१०९०/७३० नम्बरको वैवाहिक अंगिकृत नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका अर्का भारतीय नागरिक भरत गुप्ताले मिति २०६३/११/०७ मा जिल्ला प्रशासन कार्यालय बाराबाट ३३३०८१/१९२ नम्बरको नेपाली नागरिकता जन्मको आधारमा लिएको देखिएको ।

v पक्राउ परेकी स्नेह लता गुप्ताले जिल्ला बारा निजगढ-८ बस्ने रामेश्वर प्रसाद गुप्ताको छोरी भरत गुप्ताको श्रीमती स्नेह लता गुप्ता (जम्म मिति २०३७/०५/०१ ) को नाममा मिति २०६९/०९/११ मा वंशजको आधारमा ३३२०११/३६६२८ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका गोपाल गुप्ताले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट मिति २०६३/११/१८ गते ३७३०६३/१८२ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका राजेश कुमार गुप्ताले जिल्ला बारा जीतपुर न.पा. ३ बस्ने दिनेश प्रसाद  गुप्ताको छोरा राजेश कुमार गुप्ता (जन्म मिति २०२९/०१/१६ गते) को नाममा मिति २०६३/११/२८ गते जन्मको आधारमा ३०७९।४०१ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेकी मिना देवी गुप्ताले जिल्ला बारा निजगढ-८ बस्ने रामानन्द साहको छोरी राजेश कुमार गुप्ताको श्रीमती मिना देवी गुप्ता (जन्ममिति २०३१/०५/०१ ) को नाममा मिति २०६९/०९/११ गते वंशजको आधारमा ३३२०११/३६६२१ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका राम प्रवेश गुप्ताले जिल्ला रूपन्देही फरेना-२ बस्ने मोहन गुप्ताको छोरा राम प्रवेश गुप्ताको नाममा मिति २०६३/११/२१ गते २०६३ सालको नागरिकता टोलीबाट जन्मको आधारमा ३७३०५७/१२३ नम्बरको नेपाली नागरिकता लिएको खुल्न आएको ।

v पक्राउ परेका राम सुन्दर गुप्ताले जिल्ला पर्सा बिरगंज उ.म.न.पा. -२ बस्ने मोहन गुप्ताको छोरा राम सुन्दर गुप्ता (जन्ममिति २०३६/०३/१५) को नाममा मिति २०६३/१२/१५ मा जन्मको आधारमा ३४३०२२-२/६३६ नम्बरको नेपाली नागरिकता लिएको खुल्न आएको ।

v पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक भएको  देखिएको ।

 पक्राउ परेका ब्यक्तिहरु:

१.      नामः भरत प्रसाद गुप्ता,          बर्षः ५५

      ठेगानाः जि.सिराहा मिर्चैया न.पा. २

     भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

    हालः का.जि. का.म.न.पा. ३१ शंखमुल ।

२.      नामः  राहुल गुप्ता       बर्षः ३०

ठेगानाः जि.सिराहा मिर्चैया न.पा. २

 भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हालः का.जि. का.म.न.पा. ३१ शंखमुल ।

३.      नामः ज्ञानमति देवी गुप्ता       बर्षः ५०

ठेगानाः जिल्ला सिराहा मिर्चैया न.पा. २

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

 हालः का.जि. का.म.न.पा. ३१ शंखमुल । 

४.      नामः गोपाल गुप्ता       बर्षः ३९

ठेगानाः जिल्ला रुपन्देही असुरयना गा.वि.स. वडा नं. ३

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हालः का.जि. का.म.न.पा. ३१ शंखमुल । 

५.      नामः रामसुन्दर गुप्ता           बर्षः ४४

ठेगानाः जिल्ला रुपन्देही फरेना गा.वि.स. वडा नं. ३

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हालः जि. ललितपुर ल.म.न.पा. ५ लगनखेल । 

६.      नाम: राम प्रबेश गुप्ता          वर्ष: ४३

ठेगाना:साबिक जिल्ला रुपन्देही फरेना गा.वि.स. ३ परिवर्तित सम्मरीमाई गा.पा. ४

     भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हाल का.जि.टोखा न.पा. ९ गंगबु   

७.       नाम: भरत गुप्ता        वर्ष: ४६

       ठेगाना:जिल्ला बारा पिपरा सिमरा गा.वि.स.  ६  परिवर्तित सिमरा उ.प.म.न.पा. ८

       भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हाल:का.म.न.पा. १४ कलंकी   

८.      नाम: स्नेह लता गुप्ता      वर्ष: ४२                                                                                  

ठेगाना: जिल्ला    बारा निजगढ गा.वि.स. ८  परिवर्तित निजगढ न.पा. ८

       भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

       हाल:  का.म.न.पा. १४ कलकीं

९.      नाम: मिना देवी गुप्ता   वर्ष: ४९  

ठेगाना: जिल्ला  बारा निजगढ गा.वि.स. ८  परिवर्तित निजगढ न.पा. ८            

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

      हाल:  का.म.न.पा. १४ कलकीं                      

१०. नाम: राजेश कुमार गुप्ता    वर्ष: ५२

ठेगाना: जिल्ला बारा जितपुर न.पा. ३ परिवर्तित जितपुर उ.प.न.पा. ७ भवानीपुर

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

      हाल: का.म.न.पा. १४ कलकीं

 बरामद सामाग्रीहरु:

१. भरत प्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमति देवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरीकताको प्रमाणपत्र, काठमाण्डौमा बसाईसराई भएको प्रमाण पत्र, भारतिय राजदुतावास भारतिय नागरिक भएको सिफारिस पत्र, भारतिय सवारी चालक अनुमति पत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतिय पासपोर्ट, भारतीय आधार कार्ड लगायतका कागजातहरु ।

२.  पक्राउ परेका व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र थान-७ ।

३. पक्राउ परेका व्यक्तिहरुको मतदाता परिचय पत्र थान- ५ ।

४. पक्राउ परेका व्यक्तिहरुको मोबाइल फोन थान- ९ ।

 

सम्बन्धित समाचार
“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ”
२०८२-०५-२२

घटना विवरण :- मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं.५ बाहुनधारा स्थित सडक खण्डमा सामुहिक रुपमा पीडितलाई धारीलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई वारदात पश्चात फरार रहेका ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका निम्न प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी अनुसन्धान टोलीले मिति २०८२।०५।१९ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं.१०, गड्डाचौकी स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त बौद्ध, काठमाण्डौं पठाईएको ।       पक्राउ व्यक्तिहरुको विवरण:-१) नाम:-  लोप्साङ बम्जन  उमेर : २८ बर्ष  ठेगाना : जिल्ला सिन्धुपालचोक पाँचपोखरी थाङपाल गा.पा.   वडा नं. ०१ बाँसखर्क स्थायी घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा               नं. ०५ जोरपाटी ।२) नाम:- सुमन तामाङ    उमेर:- २६ बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।३) नाम:- कुमार तामाङ    उमेर:- ३० बर्ष  ठेगाना:- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ स्थायी घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०५-२०

श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ स्थायी वतन भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बस्ने बर्ष ३८ कि रञ्जिता थापा(सिटौला)लाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०५।२० गते जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:- नामथर : रञ्जिता थापा (सिटौला) उमेर     : ३८ वर्ष ठेगाना  : जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.०१ हाल : जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०२ बिगो: रु १५,००,०००।–(पन्ध्र लाख)अनुसन्धानबाट थप खुल्न आएको विवरण:Ø प्रहरी वृत्त लैनचौरबाट बिगो रु २७,००,०००।–(सत्ताईस लाख) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।Ø जिल्ला प्रहरी कार्यालय दोलखाबाट बिगो रु ३७,४९,०००।–(सड्तिस लाख उनन्चास हजार) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।  

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-२०

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- विशाल बुढा मगर उमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला प्युठान नौबहिनी गा.पा.वडा नं.०१ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१४ ।     देश             :- क्यानडाविगो रकम    :- रु.१५,३०,०००।–(पन्ध्र लाख तिस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला चन्द्रागिरी न.पा. वडा नं.१४ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- निकेश ढुङ्गाना    उमेर           :- ३० वर्षस्थायी वतन :- जिल्ला झापा बुद्धशान्ति गा.पा. वडा नं.०२ । हाल           :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०९ ।देश             :- यु.के.विगो रकम    :- रु.४१,००,०००।–(एकचालिस लाख)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :- जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.१५ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।३. नाम थर      :- योगेन्द्र सिंह दनुवार   उमेर           :- ४४ वर्षस्थायी वतन :- जिल्ला मोहोत्तरी गौशाला न.पा.वडा नं.०९ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०३ । देश             :- अल्बानियाविगो रकम    :- रु.९,३४,०००।–(नौ लाख चौतिस हजार)पक्राउ मिति   :- २०८२/०५/२० गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०५-१९

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।१. नाम थर      :- तुफायल मिया जोलाहाउमेर           :- ३७ वर्षस्थायी वतन :- जिल्ला पर्सा विन्दबासिनि गा.पा.वडा नं.०५ ।हाल            :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ ।     देश             :- माल्दिभ्स विगो रकम    :- रु.२,३०,०००।–(दुई लाख तीस हजार)पक्राउ मिति   :- २०८२/०५/१८ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं  ।२. नाम थर      :- सहनसिल महर्जन    उमेर           :- ५३ वर्ष स्थायी वतन :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । देश             :- पोल्याण्ड विगो रकम    :- रु.६,२५,०००।–(छ लाख पच्चिस हजार) पक्राउ मिति   :- २०८२/०५/१९ गते । पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा.वडा नं.०५ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं । ३. नाम थर      :- बिक्रम साह   उमेर           :- २० वर्षस्थायी वतन :- जिल्ला रौतहट परोहा न.पा.वडा नं.०१ ।हाल           :- जिल्ला ललितपुर ललिपुर म.न.पा. । देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,१०,०००।–(दुई लाख दश हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.३२ ।पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।४. नाम थर      :- हरिकला खाँण ठकुरी (थापा)   उमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला बाँके कोहलपुर न.पा.वडा नं.१२ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,२३,०००।–(दुई लाख तेइस हजार)पक्राउ मिति   :- २०८२/०५/१९ गते ।पक्राउ स्थान  :-काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१२ ।पीडित संख्या :- १ जनापठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।  

फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

वादी प्रकाश बस्नेत प्रतिवादी राम प्रसाद भट्टराई भएको चेक अनादर मुद्दामा (मुद्दा नं.०८०-C१-२७८८) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट मिति २०८२।०५।१३ गते प्रतिवादीलाई विगो वापत कैद गर्ने भनी भएको आदेशानुसार फरार रहेको निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०५।१९ गते काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौमा बुझाईएको ।  पक्राउ प्रतिवादीको विवरण:-   नामथर: राम प्रसाद भट्टराई,   उमेर:  ४७ बर्ष,   ठेगाना:  जिल्ला तेहृथुम मेन्छयायेम गा.पा. वडा न.५ मोराहाङ घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल बस्ने,   मुद्दा: चेक अनादर मुद्दा,   पक्राउ मिति: २०८२।०५।१९ गते ।   पक्राउ स्थान: जिल्ला काठमाण्डौ टोखा न.पा. वडा.न ५ श्रीटोल   विगो रकम: रू १०,००,०००।– (अक्षरेपि दश लाख रुपैंया)   तोकिएको सजाय : विगो वापत २ (दुइ) बर्ष कैद ।    अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु: Ø प्रहरी वृत्त बालाजुमा मु.द.नं.७६८ मिति २०८२।०२।०१ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार । Ø प्रहरी वृत्त महाराजगंजमा मु.द.नं.२४४ मिति २०७९।०५।१६ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।    

“बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०५-१९

घटना विवरण :-अनिल श्रेष्ठको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी Sakusal suppliers pvt ltd. का संचालक माधव पण्डित भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाटार बस्ने वर्ष ४४ को माधव पण्डितलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१८ गते का.जि.का.म.न.पा.वडा नं. १६ बालाजु चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको । पक्राउ व्यक्तिको विवरण:-१)     नाम :- माधव पण्डित   उमेर :- ४४ वर्ष ठेगाना : जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं.३ घर भई             हाल का.जि.का.म.न.पा. वडा नं.८ बानियाँटार ।  बिगो रकम:- जम्मा रू. ८०,००,०००।-(असी लाख मात्र)