“ कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-२४
- A
- A-
- A+
जिल्ला गोरखा पृथ्वीनारायण न.पा. वडा नं. १० स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २६ नयाँबसपार्क बस्ने वर्ष ३१ को सुदिप लामा तामाङले सोममाया तामाङ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया जानको लागि प्रतिव्यक्ति रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र लाख रुपैयाँ ) लाग्छ, कम्बोडिया पुगेपछि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरको काम लगाइदिन्छु मासिक रु. २,००,०००/- भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ३१,००,०००/- (अक्षरुपी एकतीस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज सुदिप लामा तामाङको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।२२ गते अं. २०:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ नयाँबसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको । निम्न:
१.
नामः सुदिप लामा तामाङ
उमेर : ३१ वर्ष
ठेगानाः जिल्ला गोरखा पृथ्वीनारायण न.पा. वडा नं. १० स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २६ नयाँबसपार्क