“Online मा मोबाईल बिक्रीको नक्कली बिज्ञापन राखी ठगी गर्ने ब्यक्ति पक्राउ”
२०८०-०१-२७
- A
- A-
- A+
Facebook,
Whatsapp, Instagram Viber जस्ता
सामाजिक संजालहरुको दुरुपयोग गरी Online मा बिभिन्न Page/website Account Create गरी खोली सस्तो मूल्यमा
मंहगो ब्राण्डका बिभिन्न मोडेलका आईफोन तथा मोबाईल सेटहरुको बिक्रिमा छ भनी Whatapp No तथा सम्पर्क नम्बर सहित
आकर्षक बिज्ञापन (Story/
Timeline) मा Public Post गरी
उक्त मोडेलका मोबाईल सेटहरु किन्नको लागी ग्राहकहरु सम्पर्कमा आएमा निजहरुसंग
कुराकानी गरी आफ्नो फरक परिचय बताई पोखरा, चितवन लगायतका स्थानहरुमा मोबाईल
पसल छ भनी कुरियर, कार्गो
लगायतका माध्यमबाट मोबाईल डेलिभरी गरी पठाई दिन्छु भनी अर्डर बमोजिमको
मोबाईल उपलब्ध नगराई (१५ जना) पिडितहरुलाई रु. ४,८५,००० (अक्षरुपी रु. चार
लाख पचासी हजार) रकम ठगी गर्ने कार्यमा संलग्न जिल्ला
धनुषा जनकपुर उपमनपा वडा नं. ०४ बस्ने बर्ष १९ को आदित्य कर्णलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा
आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौं
पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:
नामथर : आदित्य कर्ण
उमेर : १९ बर्ष ।
ठेगाना : जिल्ला धनुषा जनकपुर
उपमनपा वडा नं. ०४ क्याम्पस चोक ।
हाल : जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. २९ डिल्लीबजार ।