“ माल्दिभ्स पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-२८
- A
- A-
- A+
जिल्ला काभ्रेपलाञ्चोक
धुलिखेल न.पा. वडा नं. ९ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ जडिबुटी
नरेफाँट बस्ने वर्ष ४६ को अन्जन सिग्देलले नरहरी अर्याललाई वैदेशिक रोजगारीको लागि
माल्दिभ्स पठाईदिन्छु आकर्षक तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको विशेष प्रहरी टोलीले निज अन्जन सिग्देलको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।२८
गते का.जि.का.म.न.पा. वडा नं.३२ जडिबुटी नरेफाँटबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः अन्जन सिग्देल
उमेर : ४६ वर्ष
ठेगानाः जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं. ९ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ जडिबुटी नरेफाँट बस्ने