“ सिङ्गापुर पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०१-२८
- A
- A-
- A+
जिल्ला झापा
बाह्रदशी गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १०
नयाँबानेश्वर बस्ने वर्ष २० को सृजन निरौला समेतले ओमनाथ मैनाली समेत १२ जनालाई वैदेशिक
रोजगारीको लागि सिङ्गापुरमा जानको लागि प्रतिव्यक्ति रु. १४,००,०००/- ( अक्षेरुपी चौध
लाख रुपैयाँ ) लाग्छ, सिङ्गापुर पुगेपछि प्रतिष्ठित Hotel
S Group Global मा काम लगाइदिन्छु मासिक रु. ४,००,०००/- तलव हुन्छ
भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ९५,००,०००/- (अक्षरुपी पन्चानब्बे लाख रुपैयाँ मात्र)
रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा
पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष
प्रहरी टोलीले निज सृजन निरौलाको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।२७ गते २०:३०
बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ०९ सिनांगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः सृजन निरौला
उमेर : २० वर्ष
ठेगानाः जिल्ला झापा बाह्रदशी गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० नयाँबानेश्वर