“अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ"
२०८०-०१-२९
- A
- A-
- A+
जिल्ला
काठमाडौँ का.म.न.पा. वडा नं. २० घर भई हाल ऐ.ऐ. वडा नं. १५ बस्ने वर्ष ५६ को ओम
शाक्यले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारी मा अमेरिका जानको लागि रु. २०,००,०००/- ( अक्षेरुपी बीस
लाख रुपैयाँ मात्र ) लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित Hotel
मा काम लगाइदिन्छु मासिक रु. २,००,०००/- तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. १५,००,०००/- (अक्षरुपी पन्ध्र लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन
भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज ओम शाक्यको खोजतलास
गर्ने क्रममा मिति २०८०।०१।२९ गते का.जि.का.म.न.पा. वडा नं. १३ कालीमाटीबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः ओम शाक्य
उमेर : ५६ वर्ष
ठेगानाः जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं. २० घर भई हाल ऐ.ऐ. वडा नं. १५