“ कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०२-०१
- A
- A-
- A+
जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. वडान नं. १ स्थाई घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ३ माकलबारी बस्ने वर्ष २९ को सिद्धार्थ तामाङले लाल बहादुर खत्री समेत २ जनालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाईदिन्छु, कम्बोडिया जानको लागि प्रतिव्यक्ति रु. १० लाख लाग्छ, कम्बोडिया पुगेपछि क्यासिनोमा काम लगाईदिन्छु मासिक रु. १ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट पटकपटक गरी जम्मा रु. १६,००,०००/- ( अक्षेरुपी सोह्र लाख रुपैयाँ मात्र ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज सिद्धार्थ तामाङको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।३१ गते का.जि. गोकर्णेश्वर .न.पा. शिवचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१. नाम : सिद्धार्थ तामाङ
उमेर : २९ वर्ष
ठेगाना : जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. वडान नं. १ स्थाई घर भई हाल का.जि.
गोकर्णेश्वर न.पा. वडा नं. ३ माकलबारी