“ रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०२-०१
- A
- A-
- A+
जिल्ला बागलुङ बागलुङ न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ९ जाल्पाचोक बस्ने वर्ष ४३ को विशाल विश्वकर्माले डिल बहादुर वि.क. समेत ८ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु. ५,५०,०००/- ( अक्षेरुपी पाँच लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ, रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीहरुमा काम लगाईदिन्छु, मासिक रु. १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट पटकपटक गरी जम्मा रु. १८,००,०००/- (अक्षरुपी अठार लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज विशाल विश्वकर्माको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।३१ गते १८:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २ लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१. नाम : विशाल विश्वकर्मा
उमेर : ३४ वर्ष
ठेगाना : जिल्ला बागलुङ बागलुङ न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा न.पा. वडा नं.
९
जाल्पाचोक ।