“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०२-०७
- A
- A-
- A+
जिल्ला
काभ्रेपलाञ्चोक चौँरीदेउराली गा.पा. वडा नं. ६ कात्तिके देउराली स्थाई घर भई हाल का.जि.
बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन आकाशेधारा बस्ने वर्ष २९ को उमेश रिमाल समेतले अनिष
श्रेष्ठ समेत १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबईमा जानको लागि प्रतिव्यक्ति
रु. २,००,०००/- ( अक्षेरुपी दुई लाख रुपैयाँ ) लाग्छ, दुबई पुगेपछि
कुखुरा फार्ममा काम लगाइदिन्छु मासिक रु. ५०,०००/- भन्दा बढी तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ९,५०,०००/- (अक्षरुपी नौ लाख पचास हजार रुपैयाँ मात्र)
रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा
पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष
प्रहरी टोलीले निज उमेश रिमालको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।०७ गते १३:००
बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः उमेश रिमाल
उमेर : २९ वर्ष
ठेगानाः जिल्ला काभ्रेपलाञ्चोक चौँरीदेउराली गा.पा. वडा नं. ६ कात्तिके देउराली स्थाई घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन आकाशेधारा