“ स्विजरल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०२-०८
- A
- A-
- A+
जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला बाँके कोहलपुर न.पा. वडा नं. ११ दशबिगा बस्ने वर्ष ४६ की पार्वती थापा समेतले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्विजरल्याण्ड जान रु. ७,२०,०००/- ( अक्षेरुपी सात लाख बीस हजार रुपैयाँ मात्र ) लाग्छ, स्वीजरल्याण्ड पुगेपछि सुपरमार्केटमा प्याकिङको काम लगाइदिन्छु मासिक रु. १,००,०००/- तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ७,२०,०००/- (अक्षेरुपी सात लाख बीस हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज पार्वती थापाको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।०८ गते १३:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः पार्वती थापा
उमेर : ४६ वर्ष
ठेगानाः जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला बाँके
कोहलपुर
न.पा. वडा नं. ११ दशबिगा