“ फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-१६
- A
- A-
- A+
जिल्ला
दोलखा बैतेश्वर न.पा. वडा नं. ३ मिर्गे घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा.
वडा नं. १३ सल्लाघारी बस्ने वर्ष ५० को सुरेश कुमार पाख्रिनले फूर्पा शेर्पा समेत
४ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. १७,००,०००/-
( अक्षेरुपी सत्र लाख रुपैयाँ ) लाग्छ, फ्रान्स पुगेपछि प्रतिष्ठीत कम्पनीहरुमा काम लगाइदिन्छु मासिक
रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ४०,००,०००/- (अक्षेरुपी चालिस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन
भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज सुरेश कुमार पाख्रीनको खोजतलास
गर्ने क्रममा मिति २०८०।०२।१६ गते जिल्ला
ललितपुर, ललितपुर म.न.पा. वडा नं. ३ पुल्चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : सुरेश
कुमार पाख्रिन
उमेर : ५० वर्ष
वतन : जिल्ला दोलखा बैतेश्वर न .पा. वडा नं. ३ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. १३ सल्लाघरी ।