“ सर्बिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-१६
- A
- A-
- A+
जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. ५ घर भई हाल
का.जि.का.म.न.पा. वडा नं. ३२ तिनकुने बस्ने वर्ष २७ को निरोज बुढाथोकीले प्रमोद सिटौला समेत
४ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु.
५,५०,०००/- ( अक्षेरुपी पाचँ लाख पचास हाजार रुपैयाँ ) लाग्छ, सर्बिया पुगेपछि Agriculture
मा काम लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास
दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक
गरी जम्मा रु. १२,००,०००/- (अक्षरुपी बाह्र लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन
भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज निरोज बुढाथोकीको खोजतलास गर्ने
क्रममा मिति २०८०।०२।१५ गते का.जि.का.म.न.पा. वडा नं.९ सिनामंगलबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : निरोज
बुढाथोकी
उमेर : २७
वर्ष
वतन
: जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ तिनकुने ।