“अनलाईन ठगी कार्यमा संलग्न ब्यक्ति पक्राउ”
२०८०-०२-२३
- A
- A-
- A+
पिडितसंग चिनजान गरी साथी बनी ईसेवा
तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भनी
फरक ब्यक्तिको फोटो राखि ईसेवा तथा खल्ती वालेटहरु खोली पिडितलाई बिभिन्न बहाना
बनाई झुक्याई पिडितकै मोबाईल लिई बैक खाता तथा मोबाईल बैकिङमा पहुँच पुर्याई
पिडितकै खाताबाट अन्यत्र बैक खाता तथा
वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७ घर भई हाल
जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा. वडा नं. ६ मुलपानी बस्ने बर्ष २२ को अरूण सिवाकोटीलाई
पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला
प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको ।
नामथर :
अरुण सिवाकोटी
उमेर :
२२ बर्ष
ठेगाना : जिल्ला
दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ७
हाल : जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा न.पा.
वडा नं. ६ मुलपानी