“ दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३
- A
- A-
- A+
जिल्ला झापा दमक न.पा. वडा नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ८ बस्ने वर्ष ४५ की मुना देवी कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि रु. ४,५०,०००/- ( अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ ) लाग्छ, दुबई पुगेपछि Bike Rider मा काम लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ४,५०,०००/- (अक्षेरुपी चार लाख पचास हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मुना देवी कार्कीको खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२२ गते का.जि.का.म.न.पा. वडा नं.११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : मुना
देवी कार्की
उमेर : ४५ वर्ष
वतन : जिल्ला झापा दमक न .पा. वडा नं. १० घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ८ ।