“ कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०२-२३
- A
- A-
- A+
जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा बस्ने बर्ष ४६ को शेर बहादुर तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाईदिन्छु त्यसको लागि रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ ) लाग्छ, कम्बोडिया पुगेपछि Hotel मा काम लगाइदिन्छु मासिक रु. १,५०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ५,००,०००/- (अक्षेरुपी पाँच लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज शेर बहादुर तामाङलाई खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२३ गते का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : शेर
बहादुर तामाङ
उमेर : ४६ वर्ष
वतन : जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा. वडा नं. १ गोलिगुम्बा घर भई हाल का.जि.का.म.न.पा. स्वयम्भु पाँचधारा ।