कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनि ठगी गर्ने ब्यक्ती पक्राउ
२०८०-०२-२५
- A
- A-
- A+
जिल्ला सिन्धुपाल्चोक साबिक स्याउले गा.बि.स. वडा नं.५ हाल परिवर्तित चौतारा न.पा. वडा नं.१ स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा वडा नं. ९ बस्ने सञ्च तामाङले बैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भनी पटक पटक गरी रु ४,००,०००।– (अक्षरुपी चार लाख) लिई ठगी गरी फरार रहेकोमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२४ गते अं. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ३१ बानेश्वर बाट पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीः
नाम:-
सञ्च तामाङ
उमेर:- ४२ वर्ष
वतन:- जिल्ला सिन्धुपाल्चोक चौतारा न.पा. वडा नं.१
मितिः-२०८०।०२।२५ गते ।