"माल्टा पठाईदिन्छु भनि रकम ठगी गर्ने ब्यक्ती पक्राउ"
२०८०-०२-२८
- A
- A-
- A+
जिल्ला मुगु छाँयानाथ
रारा न.पा.वडा नं.३ ईमा घर भई हाल का.जि.का.म.
न.पा.वडा नं.१४ कलंकी बस्ने प्रविन खड्काले कर्ण बहादुर बुढा समेत २ जनालाई बैदेशिक
रोजगारको लागी माल्टा पठाईदिन्छु त्यसको लागी प्रतिव्यक्ती रु ११,५०,०००।- (अक्षेरुपी एघार लाख पचास हजार
रुपैयाँ मात्र) लाग्छ, माल्टा पुगेपछी प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु मासिक रु १,००,०००।- भन्दा
बढी तलव हुन्छ भनी विश्वाश दिलाई प्रलोभनमा पारी निज पिडिहरुतबाट पटक पटक गरी
जम्मा रु ९,००,०००।- (अक्षेरुपी नौ लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहिन भई
ठगी गरेकोले बैदेशिक रोजगार विभागबाट यस कार्यालय मा पक्राउ गरी उपस्थित गराइदिनु
हुन भनी पत्राचार भएकोमा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले निज प्रविन खड्काको
खोजतलास गर्ने क्रममा मिति २०८०।०२।२८ गते का.जि.का. म.न.पा. वडा नं.१४ कुलेश्वरबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी बैदेशिक रोजगार विभाग ताहाचल
काठमाण्डौं पठाईएको ।
पक्राउ प्रतिवादीः-
नाम:-
प्रविन खड्का
उमेर:- ३४ वर्ष
वतन:- जिल्ला
मुगु छाँयानाथ रारा न.पा.वडा नं.३ ईमा घर
भई हाल का.जि.का.म. न.पा.वडा नं.१४ कलंकी ।
मितिः-२०८०।०२।२८ गते ।