"अमेरिका पठाईदिन्छु भनि रकम ठगी गर्ने ब्यक्ती पक्राउ"
२०८०-०२-२८
- A
- A-
- A+
जिल्ला उदयपुर चौदण्डीगढी
न.पा.वडा नं.७ वेलटार घर भई हाल जिल्ला ललितपुर गोदावरी न.पा.वडा नं.१४ बस्ने
सुनिता न्यौपाने श्रेष्ठले ओमनाथ मैनालीलाई बैदेशिक रोजगारको लागी अमेरिका
पठाईदिन्छु त्यसको लागी रु ३१,००,०००।- (अक्षेरुपी एकतिस लाख रुपैयाँ मात्र)
लाग्छ, अमेरिका पुगेपछी Mobile Software कम्पनीमा काम लगाईदिन्छु मासिक रु ३,५०,०००।- तलव हुन्छ भनी विश्वाश दिलाई
प्रलोभनमा पारी निज पिडितबाट पटक पटक गरी जम्मा रु ६,२१,०००।- (अक्षेरुपी छ लाख
एक्काईस हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहिन भई ठगी गरेकोले बैदेशिक रोजगार
विभागबाट यस कार्यालय मा पक्राउ गरी उपस्थित गराइदिनु हुन भनी पत्राचार भएकोमा यस
कार्यालय बाट खटिएको प्रहरी टोलीले निज सुनिता न्यौपाने श्रेष्ठको खोजतलास गर्ने
क्रममा मिति २०८०।०२।२६ गते जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं.३ पुलचोकबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागी बैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं
पठाईएको ।
पक्राउ प्रतिवादीः-
नाम:-
सुनिता न्यौपाने श्रेष्ठ
उमेर:- ३७ वर्ष
वतन:-
जिल्ला उदयपुर चौदण्डीगढी न.पा.वडा नं.७ वेलटार घर भई हाल जिल्ला ललितपुर गोदावरी
न.पा.वडा नं.१४ ।
मितिः-२०८०।०२।२८ गते ।