" कर्तब्य गरी फरार अभियुक्त डेढ बर्ष पछि पक्राउ"
२०८०-०३-०३
- A
- A-
- A+
मिति २०७८/०७/०२ गते अं. ०८:५० बजेको समयमा का.जि. दक्षिणकाली न.पा.-६ फर्पिङ
कमल पोखरी स्थित हरि कृष्ण श्रेष्ठको टहरामा डेरा गरी बस्ने जिल्ला सोलुखुम्बु बुङ
गा.पा. वडा १ घर भएको बर्ष ५३ को गोदे भन्ने प्रिती कुमार राईलाई सँगै बस्ने साथी जिल्ला
ओखलढुङगा सिद्विचरण न.पा. वडा नं. -७ घर भएको बर्ष ५० को पासाङ भन्ने पेम सोने
शेर्पाले काठको चिरपटले हानि हत्या गरी फरार रहेकोमा निरन्तर खोजतलास पश्चात
बिशेष सुचनाको आधारमा मिति २०८०।०३।०२ गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान
कार्यालयबाट खटी गएको प्रहरी टोलिले जिल्ला मोरङ बुढीगंगा गा.पा.वडा नं.-२ बाट
पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागी प्रहरी वृत्त किर्तिपुर, पठाईएको ।
पक्राउ ब्यक्ति
नाम :- पासाङ भन्ने पेम सोने शेर्पा
उमेर :- ५०
वतन : - जिल्ला ओखलढुङगा सिद्विचरण न.पा. वडा नं. -७