प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गर्ने दुई जना व्यक्ति पक्राउ

२०८०-०३-०६

  • A
  • A-
  • A+
Share

PPM Association Pvt. Ltd नामक ईन्सिच्युटले www.ppm.com.np बाट नेपाल मेडिकल काउन्सिलको स्वीकृति विना काउन्सिलको लोगो,नाम तथा परिक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर NMCLE Preparation Class संचालन गरेको भन्ने सुचना प्राप्त भएकोमा  यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त कसुरमा संलग्न व्यक्तिहरुलाई निम्न मिति, समय र स्थानबाट पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको  ।                                        

पक्राउ प्रतिवादीहरु-                                                                                                                                     

१. नामः- नविन पौडेल   

    उमेर:- २४ वर्ष                                            

    वतन:- जिल्ला कास्की अन्नपुर्ण गा.पा. वडा नं. ४ 

    मितिः- २०८०।०३।०५

    पक्राउ स्थानः- का.जि.का.म.न.पा.वडा नं. ३१, वानेश्वर

    समयः- अं. १४:०० बजे

२. नामः- आशिष अधिकारी

    उमेरः- २४ बर्ष

    वतनः- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२

    मितिः- २०८०।०३।०६

    पक्राउ स्थानः- का.जि.का.म.न.पा वडा नं ३१, वानेश्वर

    समय:- अं. १३:०० बजे 

सम्बन्धित समाचार
“फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०४

वादी नेपाल सरकार प्रतिवादी विकास देउला भएको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अन्तर्गतको कसूर मुद्दा (०७५-C१-१४६४) मा सम्मानित काठमाडौँ जिल्ला अदालत, बबरमहलको मिति २०७६।०६।१० गतेको फैसला बमोजिम कैद १ वर्ष र जरीवाना रु. ५,०००/-(अक्षरेपि पाँच हजार मात्र) ठहर भई कैद तथा जरीवाना असुल गर्न बाँकी रही फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालत, भक्तपुर पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: विकास देउला    उमेर: ३६ बर्ष    ठेगाना : भक्तपुर जिल्ला भक्तपुर न.पा. ५ भेलुखेल    पक्राउ मिति: २०८२।०२।०३ गते    पक्राउ स्थान: भक्तपुर जिल्ला भक्तपुर न.पा. ५ भेलुखेल 

"वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-०२-०४

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रिस लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।       पक्राउ व्यक्ति विवरण:-१. नाम थर       :- नरबिर राईउमेर           :- ७६ वर्षस्थायी वतन  :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.७ । देश            :-  ग्रिस     बिगो रकम   :- रु.८,००,०००।-(आठ लाख)पक्राउ मिति  :- २०८२/०२/०४ गते ।पक्राउ स्थान :- जिल्ला काठामाण्डौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या:- १ जना

"बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०४

       वादी नेपाल सरकार प्रतिवादी राकेश गुप्ता भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ०५ घर भई हाल जिल्ला  काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्वर महादेवस्थान वस्ने वर्ष ३१ को राकेश गुप्तालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।०२ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं पठाइएको । निज प्रतिवादी राकेश गुप्ता संलग्न अन्य कसुरहरु :- १. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ७,५०,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । २. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ३,००,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । ३. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ९,९०,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । ४. जिल्ला प्रहरी कार्यालय पर्सामा विगो रु. ५,००,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।       पक्राउ व्यक्तिको विवरण:-१. नाम थर       :- राकेश गुप्ताउमेर           :- ३१ वर्षस्थाई वतन   :- जिल्ला बारा परवानिपुर गा.पा. वडा नं. ५ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२।      बिगो रकम   :- रु.५,००,०००।–(पाँच लाख)पक्राउ मिति  :- २०८२/०२/०२ गते ।पक्राउ स्थान :- जिल्ला काठामाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

“नक्कली सुनको मुर्ती देखाई ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-०२-०२

नक्कली सुनको (वुद्ध भगवानको)  मुर्ती सस्तो दर भाउमा मिलाई दिन्छु भनी प्रलोभनमा पारी मिति २०८१।०८।०८ गते जिल्ला धनकुटा, धनकुटा न.पा. वडा नं. ४ हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ६ बस्ने बर्ष ३९ को प्रेम कुमार वि.क. लाई नगद रु. १०,००,०००।–(दश लाख)  र मिति २०८१।१२।११ गते जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं. १ हाल जिल्ला काठमाण्डौं न्यूरोड बस्ने बर्ष २४ को राज कुमार वि.क. लाई रकम रु. ११,८५,०००।–(एघार लाख पचासी हजार) ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न काशीनाथ पौडेललाई मिति २०८२।०२।०१ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:- १.नामथर:- काशीनाथ पौडेल उमेर    :- ४९  बर्ष ठेगाना :- जिल्ला संखुवासभा धर्मदेवी न.पा. वडा नं. ३ बाइसजोरे बस्ने । मुद्दा   :- ठगी जम्मा रकम:- रु. २१,८५,०००।–(एक्काइस लाख पचासी हजार) पक्राउ मिति :- २०८२।०२।०१ गते ।   

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-०२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।क्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर       :- हिक्मत कुमार थापाउमेर           :- ३५ वर्षस्थायी वतन  :- जिल्ला दैलेख भगवतीमाई गा.पा. वडा नं.१ । हाल           :- जिल्ला काठामाण्डौं टोखा न.पा. वडा नं.५ ।देश            :-  पोल्याण्डपक्राउ मिति  :- २०८२/०२/०१ गते ।पक्राउ स्थान :- जिल्ला काठामाण्डौं टोखा न.पा. वडा नं.५ । पीडित संख्या:- १ जना बिगो रकम   :- रु.२,१०,०००।-(दुई लाख दश हजार)    २. नाम थर       :- जिक्रुल्लाह मियाउमेर           :- ३० वर्षस्थायी वतन :- जिल्ला बारा अदर्श कोटवाल गा.पा.वडा नं.०८ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२९ । देश             :- बुल्गेरियापक्राउ मिति  :- २०८२/०२/०१ गते ।पक्राउ स्थान :- जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.०२ । पीडित संख्या:-१ जना बिगो रकम   :- रु.९,००,०००।-(नौ लाख)

“कीर्ते गरी नक्कली कागजात बनाउने व्यक्तिहरु पक्राउ”
२०८२-०२-०१

जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ७ फुटुङ् स्थितमा विभिन्न सरकारी कार्यालय, स्थानिय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गरेको सूचना यस कार्यालयमा प्राप्‍त भए पश्चात यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०८१।०१।३१ गते उक्त कार्यमा संलग्न जिल्ला गोरखा भिमसेनथापा गा.पा.वडा नं. १ मसेल घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. २ देवीचोक बस्ने बर्ष ४६ को अन्जनी बयलकोटी सहित ३ जनालाई जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं.७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्य संग सम्बन्धित सामाग्री सहित पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको । पक्राउ व्यक्तिहरुको विवरण:-  १.   नाम थर      :- अन्जनी बयलकोटी उमेर            :- ४६ वर्ष स्थायी वतन :- जिल्ला गोर्खा भिमसेनथापा गा.पा.वडा नं. १ हाल           :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. २  २. नाम थर      :- निर्मल खड्काउमेर           :- २८ वर्षस्थायी वतन :- जिल्ला ओखलढुङ्गा चम्पादेवी गा.पा. वडा नं. ७ हाल           :- जिल्ला काठमाण्डौ बु.न.पा. वडा नं. १२   ३. नाम थर      :- अन्जु खत्रीउमेर           :- २३ वर्ष स्थायी वतन :- जिल्ला मकवानपुर कैलाश गा.पा.२ छ्याङ्ढुङ् हाल           :- जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं.१ दहचोकअनुसन्धानबाट खुल्न आएका कुराहरु:-v  पक्राउ परेका अन्जनी बयलकोटीले बिगत ८ वर्ष देखि सरकारी तथा गैर सरकारी कार्यालयका कगजात, विभिन्न स्थानिय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरु, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र, लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको ।v  जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात  Edit तथा Design गर्नका लागि दुइ जना सहयोगीलाई मासिक रु १०,००० देखि रु १५,००० सम्म तलब दिई कार्यालय संचालन गरेको v   Dependent visa प्रयोजनका लागि Marriage certificate  समेत बनाई दिने गरेको । v  बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको साथै जापानमा Student visa मा जानेहरुको लागि सहकारी संस्थाका Statement बनाएर कुरियर मार्फत जापान पठाइ दिने कुरा खुल्न आएको ।v विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका Hologram हरु आवश्यक्ता अनुसार उपलब्ध गराउने गरेको ।  v जापान लगयतका देशहरुमा Working visa मा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभब पत्र बनाइ दिने गरेको ।v विदेशमा बस्ने नेपाली नागरिकहरुले विदेशको PR तथा Green card apply गर्नको लागि नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलंगा र National Academy of Medical Sciences Bir Hospital लगायतको नक्कली Medical Card बनाइ दिने गरेको । v Visit Visa प्रयोजनका लागि ‘क’ बर्गका सबै बैंकको नक्कली बैंक Statement बनाइ दिने गरेको ।बरामद सामाग्रीहरु:१) MIGRATION CERTIFICATE थान -४२२) CHARACTER CERTIFICATE थान- ६०३) ACADEMIC TRANSCRIPT थान- ११०४) MARRIAGE REGISTRATION CERTIFICATE थान- ५५) PROVISIONAL CERTIFICATE थान- ५०६) जग्गाधनी दर्ता प्रमाण- पुर्जा थान- १०७) विभिन्नसहकारी संस्थाका लेटर प्याडहरु थान -१७८) VERIFICATION OF ANNUAL INCOME थान - ७९) LAMINATION MACHINE थान- ११०) HEATING MACHINE थान -२११) DIE CUTTER MACHINE थान -११२) विभिन्न सहकारी संस्थाहरुको STATEMENT पाना -१७१३) विभिन्न स्वास्थ्य संस्थाका सिफारिस पत्र पाना -२१४) विभिन्न बैंकहरुको STATEMENT पाना -१००१५) विभिन्न कलर भएका खाली तथा भरी मसीका वट्टाहरु थान -१७१६) बिभिन्न हिसाब किताब लेखिएका Day Book थान -११७) स्थानिय तहबाट प्रदान गर्ने बिभीन्न किसिमका सिफारिस पत्रहरु थान- २०१८) CERTIFICATE OF VERIFICATION OF RELATIONSHIP थान - ६१९) विभिन्न सरकारी, गैरसरकारी, संघ संस्था तथा पार्टीहरुको छाप तथा व्याक्तिगत दस्ताखत लगाएतका STAMP थान – ३५५२०) MONITER थान - २२१) CPU थान -२२२) KEYBORD थान - २२३) MOUSE थान -२२४) PRINTER थान -३ २५) खाली STAMP थान - १५०२६) STAMP MACHINE थान -१ २७) बिभिन्न कम्पनीको मोबाइल थान -७ २८) बिभिन्न अस्पतालका मेडिकल कार्डहरु थान-२