“सामान पार्सल पठाई दिन्छु भनी अनलाईन मार्फत ठगी गर्ने ब्यक्तिहरु पक्राउ”
२०८०-०३-१०
- A
- A-
- A+
पिडितले
सामाजिक
सन्जाल Facebook,
Massenger, Whatsapp, समेत चलाउने गरेकोमा सामाजिक सञ्जाल Facebook
मार्फत आफूलाई इङल्याण्डको नागरिक बताउने Elvis martins नाम गरेको अपरिचित व्यक्तिसंग
साथी भई म्यासेज मार्फत कुराकानी गर्दा पिडितलाई फोटो पठाउन लगाई तिमीलाई मन पराउँछु, माया गर्छु भनी Whatsapp No. +447424132495 बाट सम्पर्क गरी म नेपालमा आएर
तिमीलाई विवाह गरी लैजान्छु , गिफ्ट पठाई दिन्छु, सुनका गरगहना, घडी, आईफोन डलर सहितको लगेज पठाई
दिएको छु भनी पिडितलाई प्रलोभनमा पारी Whatsapp No +9779748822866 मार्फत कुराकानी भई तपाईको सामान
पाउनको लागी कस्टम चार्ज, डलर चार्ज बापतको रकम विभिन्न व्यक्तिको खातामा पटक- पटक
गरी जम्मा रु. ८,४०,०००।– ( अक्षरुपी आठ लाख चालिस हजार मात्र) रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला ललितपुर गोदावरी
न.पा वडा नं. ८ बस्ने नारायण खड्काको छोरी बालकृष्ण पोखरेलकी श्रीमती बर्ष ४० की
चण्डिका पोखरेललाई पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं
कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर, पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:
नामथर: चण्डिका पोखरेल
उमेर : ४० बर्ष
ठेगाना : जिल्ला ललितपुर गोदावरी न.पा वडा नं. ८ ।