“ जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०३-१०
- A
- A-
- A+
जिल्ला दाङ राप्ती गा.पा. वडा नं. ८ बिजौरी
स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं.३२ तिनकुने बस्ने वर्ष २७ को सुवास
चौधरीले शंकर घिमिरेलाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु, आकर्षक तलब
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट रकम लिई सम्पर्क विहीन भई
ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन
हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुवास चौधरीलाई
खोजतलास गर्ने क्रममा मिति २०८०।०३।०८ गते का.जि.का.म.न.पा वडा नं. ९ सिनामंगलबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ
पठाईएको ।
निम्न:
नाम थर : सुवास चौधरी
उमेर : २६ वर्ष
वतन : जिल्ला दाङ राप्ती गा.पा. वडा नं. ८ बिजैरी स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं.३२ तिनकुने ।