“ मकाउ पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०३-२०
- A
- A-
- A+
जिल्ला गोरखा गण्डकी गा.पा.
व डा नं. ८ स्थाई घर भई हाल जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. १४ ठैब बस्ने
वर्ष ५१ को दुर्गा बहादुर रेग्मी समेतले जित बहादुर थामा मगरलाई वैदेशिक रोजगारीको
लागि मकाउ पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु. ६,६०,०००/- ( अक्षेरुपी छ
लाख साठी हजार रुपैयाँ ) लाग्छ, मकाउ पुगेपछि प्रतिष्ठित
होटलमा क्लिनरको काम लगाइदिन्छु मासिक रु. १,२०,०००/- भन्दा बढी तलव हुन्छ भनी
विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ६,६०,०००/- (अक्षरुपी छ लाख साठी हजार रुपैयाँ मात्र)
रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा
पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी
टोलीले निज दुर्गा बहादर रेग्मी समेतको खोजतलास गर्ने क्रममा मिति २०८०।०३।१९ गते का.जि.का.म.न.पा. वडा नं १४. बाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ
पठाईएको ।
निम्न:
१. नामः दुर्गा बहादुर रेग्मी
उमेर : ५१ वर्ष
ठेगानाः जिल्ला गोरखा गण्डकी गा.पा. व डा नं. ८ स्थाई घर भई हाल जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. १४ ठैब