“ पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ "
२०८०-०४-०७
- A
- A-
- A+
जिल्ला कञ्चनपुर कृष्णपुर न.पा वडा नं. ०२ स्थाई घर भई हाल
का.जि महालक्षमी न.पा वडा नं. ०१ बस्ने वर्ष ४२ को पुष्पराज जोशीले भगवती अधिकारीलाई
वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु, पोल्याण्ड जानको लागि रु ८,००,०००।–
(अक्षरुपी आठ लाख रुपैँया) लाग्छ, आकर्षक तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा
पारी निज पीडितबाट रु १,५०,०००।–(अक्षरुपी एक लाख पँचास हजार ) रकम लिई सम्पर्क
विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित
गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पुष्पराज
जोशी लाई खोजतलास गर्ने क्रममा मिति २०८०।०४।०५ गते का.जि.का.म.न.पा वडा नं.३१ बानेश्वर
बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
१.
नामः पुष्पराज जोश
उमेर : ४२ वर्ष
ठेगानाः जिल्ला कञ्चनपुर कृष्णपुर न.पा वडा नं. ०२ स्थाई घर भई हाल का.जि महालक्ष्मी न.पा वडा नं. ०१ बस्ने ।