“ लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भनि दर्जन भन्दा बढी व्यक्तिलाई ठगी गर्ने व्यक्तिहरू पक्राउ "
२०८०-०४-०८
- A
- A-
- A+
निवेदकहरू मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल मोक्तान, समिर भट्टराई, बिशाल विश्वकर्मा, सानुकान्छा तामाङ, अर्जुन बुढा मगर समेतका दर्जन भन्दा बढी व्यक्तिहरूलाई आफु यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताई लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने, प्रदुषण जाँचपास गराई दिने लगायतका कार्यहरू गरी दिन्छु भनि विश्वास दिलाई पीडितहरूबाट नगद तथा सुनको गहना (औठी समेत) जबरजस्ती लिई जम्मा रू.४,३०,०००।- (अक्षरूपि चार लाख तीस हजार) बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न रहेका सम्राट, समिर, रागब भन्ने राजु परियारलाई मिति २०८०/०४/०६ गते जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.७ लुभुबाट र ठगी गरी लिएको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक ब्रम्हा रिसाललाई मिति २०८०/०४/०७ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १३ कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको सुन ११.६८० ग्राम सहित पक्राउ गरी निजहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाईएको ।
पक्राउ व्यक्तिहरू-
१.
नामः
सम्राट, समिर, रागब भन्ने राजु परियार
उमेर : ३० वर्ष
ठेगानाः जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. १३ एकान्तकुना ।
२.
नामः
ब्रम्हा
रिसाल
उमेर : ३६ वर्ष
ठेगानाः
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी
सुनारगाउँ ।