“ अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०४-०८
- A
- A-
- A+
जिल्ला
लम्जुङ दोर्दी गाउँपालिका वडा नं. १ भार्ते घर भई हाल का.जि. बनस्थली ढुंगेधारा बस्ने
वर्ष २८ को सुजन अधिकारीले नुमा के.सी.लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु
त्यसको लागि प्रतिव्यक्ति रु. २०,००,०००/- ( अक्षेरुपी बीस लाख रुपैयाँ मात्र )
लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. ४,००,०००/-
भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी
जम्मा रु. २०,००,०००/- (अक्षरुपी बीस लाख रुपैयाँ मात्र)
रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ
गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
निज सुजन अधिकारीको खोजतलास गर्ने क्रममा मिति २०८०।०४।०७ गते अं. १५:०० बजेको
समयमा का.जि.का.म.न.पा. वडा नं. १६ सोह्रखुट्टेबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : सुजन अधिकारी
उमेर : २८ वर्ष
वतन : जिल्ला लम्जुङ दोर्दी गाउँपालिका वडा नं. १ भार्ते घर भई हाल का.जि. बनस्थली ढुंगेधारा ।