“ पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०४-१०
- A
- A-
- A+
जिल्ला सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गा.पा. वडा नं. ५ घर भई
हाल का.जि.का.म.न.पा.वडा नं.३२ कोटेश्वर बस्ने वर्ष ३२ को अनन्त प्रकाश श्रेष्ठले योगेन्द्र
बहादुर साउद समेतलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति
रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र लाख रुपैयाँ मात्र ) लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित
कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. २,००,०००/- ( अक्षेरुपी दुई लाख रुपैयाँ मात्र
)तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा
रु. ८,००,०००/- (अक्षरुपी आठ लाख रुपैयाँ
मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले निज अनन्त प्रकाश श्रेष्ठको खोजतलास गर्ने क्रममा मिति
२०८०।०४।०९ गते जिल्ला काठमाण्डौं जोरपाटी नारायणटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : अनन्त प्रकाश श्रेष्ठ
उमेर : ३२ वर्ष
वतन : जिल्ला सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गा.पा. वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर ।