“ माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०४-१०
- A
- A-
- A+
जिल्ला
सुनसरी बराहक्षेत्री न.पा. वडा नं. ७ स्थाई घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक बस्ने वर्ष ३१ को मौसम मग्रातीले टोकमान गुरुङलाई
वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार
विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मौसम मग्रातीको खोजतलास गर्ने क्रममा मिति
२०८०।०४।१० गते जिल्ला काठमाण्डौं काँडाघारीबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : मौसम मग्राती
उमेर : ३१ वर्ष
वतन : जिल्ला सुनसरी बराहक्षेत्री न.पा. वडा नं. ७ स्थाई घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक ।