“ क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०४-१०
- A
- A-
- A+
जिल्ला
उदयपुर ताप्ली गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. नखीपोट बस्ने वर्ष ३० को प्रचलन राईले समर बहादुर परियारलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया
पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ६,००,०००/- ( अक्षेरुपी छ लाख रुपैयाँ मात्र
) लाग्छ,क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-
( अक्षेरुपी एक लाख रुपैयाँ मात्र )तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी
निज पीडितबाट पटकपटक गरी जम्मा रु. ६,००,०००/-
(अक्षरुपी छ लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन
भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज प्रचलन राईको खोजतलास
गर्ने क्रममा मिति २०८०।०४।१० गते जिल्ला ललितपुर ललितपुर म.न.पा. नखीपोटबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : प्रचलन राई
उमेर : ३० वर्ष
वतन
: जिल्ला उदयपुर ताप्ली गा.पा. वडा नं. ४ घर भई
हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. नखीपोट
।