“ ठगी मुद्दाका प्रतिवादी पक्राउ ”
२०८०-०४-१४
- A
- A-
- A+
सुर्यलाल
चौधरीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिनेश सापकोटा भएको बैंकिङ कसूर र
ठगी सम्बन्धी कसूर मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति समेत
प्राप्त भएको जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. २ घर भई हाल
जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ दुवाकोट बस्ने वर्ष २५ को दिनेश
सापकोटाको यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति
२०८०।०४।१३ गते अं. २२:०० बजेको समयमा जिल्ला
भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ दुवाकोटबाट पक्राउ गरी थप अनुसन्धान तथा
कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर, पठाईएको ।
निम्न:
नाम थर : दिनेश सापकोटा
उमेर : २५ वर्ष
वतन : जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. २ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ दुवाकोट ।