“ पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०४-१७
- A
- A-
- A+
जिल्ला पाल्पा तिनाउ गा.पा वडा
नं. ६ घर भइ हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. ६ नयाँबस्ती बस्ने बर्ष ४५ को पुरण अस्लामीले धनन्जय चौधरीलाई
वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि रु ८,००,०००/-(अक्षेरुपी आठ लाख रुपैयाँ मात्र) लाग्छ पोल्याण्ड पुगेपछि होटेलमा काम लगाइदिन्छु, आकर्षक
तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पिडितबाट पटकपटक गरी जम्मा रु. १,२०,०००/- (अक्षरुपी एक लाख बिस हजार रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन
भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन
हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज पुरण अस्लामीको
खोजतलास गर्ने क्रममा मिति २०८०।०४।१६ गते अं. २२:०० बजेको समयमा जिल्ला
काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ६ नयाँबस्तीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : पुरण अस्लामी
उमेर : ४५ वर्ष
वतन : जिल्ला पाल्पा तिनाउ गा.पा. वडा नं. ६ घर भई हाल का.जि.गोकर्णेश्वर न.पा. वडा नं .६ नयाँबस्ती ।