“सर्वसाधारणलाई डर धम्की दिई उत्छृङ्खल गतिविधी गर्ने व्यक्तिहरू पक्राउ”
२०८०-०४-१७
- A
- A-
- A+
काठमाण्डौ उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारण व्यक्तिहरूसंग अनावश्यक विवाद गरी डरत्रास, भय सृजना गर्नुका साथै निजहरूले समूहमा गई
सर्वसाधारणहरूलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेका जिल्ला रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. ६ घर भई हाल जिल्ला काठमाण्डौ
गोकर्णेश्वर न.पा. वडा नं. ८ जोरपाटी बस्ने बर्ष २८ को बाफ्ले भन्ने विक्की लामा समेत ५ (पाँच) जनालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८०।०४।१६ गते
का.जि.जोरपाटीबाट पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न
नहुने कसूरमा थप अनुसन्धानको लागि मिति २०८०।०४।१७ गते प्रहरी वृत्त बौद्ध, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरू :
१. नामः श्याम बहादुर लामा
उमेरः ३४ वर्ष
ठेगानाः मेलम्ची-०६, सिन्धुपाल्चोक
हालः का.जि.गोकर्णेश्वर
२.
नाम : विक्की लामा (बाफ्ले)
उमेरः २८ बर्ष
ठेगानाः गोकुलगंगा-०६, रामेछाप
हालः का.जि.जोरपाटी
३. नामः भिम बहादुर बस्नेत
उमेरः ३६ वर्ष
ठेगानाः मेलम्ची-१०, सिन्धुपाल्चोक
हालः का.जि.कागेश्वरी मनहरा, डाँछी
४. नामः गोविन्द गजमेर
उमेरः ३५ वर्ष
ठेगानाः मेलम्ची-१०, सिन्धुपाल्चोक
हालः का.जि.कागेश्वरी मनहरा. मुलपानी
५. नामः प्रविण तामाङ
उमेरः ३५ वर्ष
ठेगानाः चौतारा साँघाचोकगढी-०१, सिन्धुपाल्चोक
हालः का.जि.गोकर्णेश्वर