“ मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०४-२१
- A
- A-
- A+
जिल्ला उदयपुर ताप्लिङ गा.पा. वडा नं. २ स्थाई घर भई हाल का.जि.का.म.न.पा.
वडा नं. ६ बस्ने वर्ष ३८ को रविन्द्र राइले फर्कमान बुढालाई वैदेशिक रोजगारीको
लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस
कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले निज रविन्द्र राइको खोजतलास गर्ने क्रममा मिति २०८०।०४।२१
गते जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं.१० सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान
तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
नाम थर : रविन्द्र राइ
उमेर : ३८ वर्ष
वतन
: जिल्ला उदयपुर ताप्लिङ गा.पा. वडा नं. २ स्थाई घर भई हाल
का.जि.का.म.न.पा. वडा नं. ६
।