“चोरी मुद्धाका फरार प्रतिवादी ७ बर्ष पछी पक्राउ”
२०८०-०४-२२
- A
- A-
- A+
जीवन कुमार थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जीवन बुढाथोकी समेत भएको रहजनी चोरी (मु.द.नं. ०७२-CR-३८०६) मुद्धामा प्रतिवादी जीवन बुढाथोकीलाई २ महिना कैद र रू. २,१४,०२६/- जरिवाना भएकोमा निज प्रतिवादीहरु २५ दिन थुनामा बसेको देखिई सो थुनामा बसेको दिन कट्टा गरी बाँकी अपुग कैद १ महिना ५ दिन र जरिवाना वापत समेत कैद हुने ठहर गरी मिति २०७३/१०/०७ गते सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट फैसला भएकोमा प्रतिवादी जीवन बुढाथोकी हाल सम्म फरार रहेकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८०/०४/२१ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ७ चावहील मेडिकेय र अस्पताल नजिकबाट फेला पारी पक्राउ गरी आवश्यक कारबाहीको लागी सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल पठाईएको
पक्राउ प्रतिवादी :-
नाम : जीवन वुढाथोकी
उमेर :- २९
ठेगाना :- जिल्ला सल्यान कुमाख
गा.पा.वडा नं. ४ वस्नेतज्युला
हाल :- का.जि.गोकणेश्वर न.पा.
वडा नं. ६ बौद्ध नयाँबस्ती