“डर त्रास दिई ब्यबसाय सञ्चानल गर्न अबरोध गर्ने ब्यक्ती पक्राउ ”
२०८०-०४-२२
- A
- A-
- A+
जिल्ला
काठमाण्डौ का.म.न.पा वडा न. ३० रातोपुल स्थित NRK Fitness जिमहलमा मिति २०८०।४।१७ गते अ. १२:२०
बजेको समयमा जिमहलमा प्रवेश गरी कर्मचारीहरु तथा जिम गर्दै गरेका व्यक्तिहरुलाई
बिभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकाली डर त्रासमा पारी जिमहल संचालन गर्न
नदिने भन्दै हस्त लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराउने कार्यमा संलग्न नेपाल
कम्युनिष्ट पाटीको काठमाण्डौ जिल्ला सेक्रेटरी भन्ने दिपक मान्नधर लाई खोजतलास
गर्दै जाँदा मिति २०८०।०४।२१ गते अं. १:३० वजेको समयमा जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं. १ दरवारमार्गबाट पक्राउ गरी अपराधिक लाभ लिन नहुने
सम्बन्धी कसुरमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, काठमाण्डौ
पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान
जारी रहेको ।
पक्राउ प्रतिवादी :
नाम : दिपक
मान्नधर
उमेर : ५२ बर्ष
ठेगाना : जिल्ला काठमाण्डौ .का.म.न.पा. १७ ठहिटि