“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०४-२५
- A
- A-
- A+
जिल्ला गोरखा गण्डकी गा.पा. वडा नं. ६ स्थाइ घर भई हाल
का.जि.का.म.न.पा. वडा नं. १५ बस्ने वर्ष ५० की एक माया पुलामी मगरले समिर जंग
गुरुङलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु.
१६,००,०००/- ( अक्षेरुपी सोह्र लाख रुपैयाँ मात्र ) लाग्छ, पोर्चुगल पुगेपछि कृषि कम्पनीमा
काम लगाइदिन्छु, मासिक रु. १,३०,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई
प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. २,५६,०००/- (अक्षरुपी दुई लाख छपन्न हजार रुपैयाँ मात्र)
रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ
गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
निज एक माया पुलामी मगरको खोजतलास गर्ने क्रममा मिति २०८०।०४।२४ गते अं. १७:३०
बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : एक माया पुलामी मगर
उमेर : ५० वर्ष
वतन : जिल्ला गोरखा गण्डकी गा.पा. वडा नं. ६ स्थाइ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १५ ।