“ सामाजिक संजालबाट ठगी गर्ने ब्यक्ति पक्राउ ”
२०८०-०४-२५
- A
- A-
- A+
सामाजिक संजाल Tiktok, Whatsaap मार्फत
साथी बनाई कुराकानी गरी आफुलाई UK को नागरिक बताई
सुनको गरगहना, डलर, Iphone, जुत्ता,
लेडिज ब्याग, लत्ता कपडाहरू समेतको गिफ्टहरु पार्सल
पठाएको छु, भनी विभिन्न प्रलोभन देखाई कस्टम चार्ज बाफतको रकम पठाउनु पर्छ भनी जम्मा
रू.९१,०००।- (अक्षरुपी एकानब्बे हजार मात्र ) रकम पठाउन लगाई
ठगी गर्ने कार्यमा संलग्न रहेकी कमला देवी श्रेष्ठलाई जिल्ला सुनसरी ईटहरी
उ.म.न.पा. वडा नं. ६ बस्ने बर्ष ५५ की कमला देवी श्रेष्ठलाई मिति २०८०/०४/२३ गते
पक्राउ
गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर,
काठमाण्डौमा पठाईएको ।
पक्राउ ब्यक्तिको
विवरण:-
नामथर: कमला देवी श्रेष्ठ
उमेर: ५५ बर्ष
ठेगाना: जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. वडा नं. ९ बस्ने बर्ष ५५ की कमला देवी श्रेष्ठ ।