“स्कुटर, नगद समेत चोरी गर्ने व्यक्तिहरू पक्राउ "
२०८०-०४-२६
- A
- A-
- A+
घटना विवरण :
मिति २०८०/०४/११ गते अं. १४;०० बजेको समयमा जिल्ला
ललितपुर ल.पु.म.न.पा. वडा नं. १३ एकान्तकुना स्थित यातायात कार्यालय अगाडि निवेदक
लाल बहादुर तामाङलाई तपाई शौचालय गएर आउनु, तपाईको स्कुटर म हेरी दिन्छु भनि
निवेदक शौचालय गएको अवस्थामा निजको बा ५६ प ६३५४ नम्बरको होण्डा कम्पनीको कालो
रंगको डिओ स्कुटर, सोही स्कुटरको डिकिमा रहेको ब्लुबुक, नगद रू.३०,०००।-, निजको
नामको नेपाली नागरिकता चोरी गर्ने कार्यमा संलग्न रहेका बिजय कुमार थापालाई मिति
२०८०/०४/२५ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ८ गौशालाबाट र उक्त चोरीको स्कुटर
खरिद गर्ने सरोज शाहीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३२ कोटेश्वरबाट चोरी
गरेको स्कुटर, लाल बहादुर तामाङको नागरिकता सहित पक्राउ गरी निजहरूलाई चोरी
सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा
कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाईएको ।
पक्राउ व्यक्तिहरू-
१.
नामः
बिजय
कुमार थापा
उमेर : २४ वर्ष
ठेगानाः
जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. वडा नं. ८ कालिन्चोक
हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १७ ठहिटि
२.
नामः
सरोज
शाही
उमेर : २७ वर्ष
ठेगानाः
जिल्ला
काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. १० सतुंगल