प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“OPERATION BRAVO KILO”

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

बंगलादेशी नागरिकहरूलाई बैदेशिक रोजगारको लागि नेपाल हुदै विभिन्न देश पठाई दिने भनि आश्वाशन देखाई बंगलादेशबाट नेपाल ल्याई काठमाण्डौका विभिन्न स्थानहरूमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राखे पश्चातः बंगलादेशमा रहेका परिवारका सदस्यहरूलाई फोन गरी १० लाख फिरौति माग गरी नदिएमा ज्यान समेत लिने धम्की दिएकोमा पीडितका परिवारले उक्त रकम SHEKH PANEER ले BRAC Banking मार्फत HUSNA MOTHSO KHAMAR को खातामा पठाएको र त्यसको राती AMIR HOSSEN समेतले मोवाईल नम्बर +48459051354 बाट बारम्बार फोन गरी पुनः २० लाख टाका माग गर्नुका साथै विभिन्न किसिमका डर त्रास दिएको भन्ने व्यहोराको निवेदन पासपोर्ट नं. A05600429 बाहक बंगलादेशी नागरिक ABU BAKAR SIDDIQUE ले मिति २०८०/०४/२४ गते पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप, काठमाण्डौमा दिएको उक्त निवेदन यस कार्यालयमा प्राप्त भए पश्चातः उक्त निवेदनको सम्बन्धमा अनुसन्धान गर्न यस कार्यालयबाट विषेश अनुसन्धान टोली खटिएकोमा पिडित बंगलादेशी नागरीकहरूलाई का.जि.का.म.न.पा. वडा नं. ९ कालीमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसमा राखेको भन्ने खुल्न आएकोले मिति २०८०/०४/२६ गते उक्त होटलमा खटि गई बंगलादेशी नागरिकहरू बसे/नबसेको सम्बन्धमा बुझ्दा उक्त गेष्ट हाउसको कोठा नं. ३१० र ३११ मा बंगलादेशी नागरिक AMIR HOSSEN ले भाडामा लिई निजले अन्य ४ जना बंगलादेशी नागरिकहरूलाई समेत बन्धक बनाई राखेको भन्ने बुझिन आई उक्त कोठाहरूमा पुग्दा उक्त कोठाहरू मध्ये कोठा नम्बर ३१० मा बंगलादेशी नागरिक MD NAZMUL MD EYASIN लाई बन्धक बनाई राखी निज AMIR HUSSEN समेत सोही कोठामा बसेको अवस्थामा फेला परेको, कोठा नम्बर ३११ मा IBRAHIM HOSSEN MD AL AMIN लाई बन्धक बनाई राखेको अवस्थामा फेला पारी MD NAZMUL समेत ४ जना पीडितहरूलाई उद्वार गर्नुका साथै AMIR HUSSEN लाई पक्राउ गरिएको, पक्राउ परेका AMIR HUSSEN संग सोधपुछ गर्दा म लगायत MD MOTIN MIYA, RAFU RAIEN, RIJO AHMED RAY, MD MOSHIUR RAHAMAN, SALIM MIYA, तारा नेपाली समेतका व्यक्तिहरू भई बंगलादेशी नागरिक RAJON FARHAD HOSSEN अपहरण गरी ललितपुरको हरिसिद्दि स्थितमा रहेको भाडामा लिएको घरमा बन्धक बनाई राखि केही रकम फिरौती लिई केही रकम माग गरी रहेका छौँ, दुई जना बंगलादेशी महिलाहरू SHAPNA RUMA AKTAR लाई MD MOTIN MIYA ले लिएर गएका छन भनि बताएकोले निजलाई लिई मिति २०८०।०४।२६ गते अं. १३;३० बजेको समयमा जि. ललितपुर ल.पु.म.न.पा.वडा नं.२८ हरिसिद्दिमा रहेको केदार श्रेष्ठको घरको कोठामा पुग्दा उक्त कोठामा बंगलादेशी नागरिक RAJON FARHAD HOSSEN लाई बन्धक बनाई राखेको अवस्थामा फेला पारी निजहरूलाई उद्वार गरिएको, SHAPNA RUMA AKTAR  को सम्बन्धमा बुझ्दै जादा निजहरूलाई MD MOTIN MIYA को श्रीमति TAHMINA BEGUMJAHANGIR ALAM समेतले का.जि.नक्साल स्थित रोशनी राईले KTC Beauty Parlor Spa को नाममा दर्ता भई संचालन गरेको Massage Center मा बन्धक बनाई राखेको अवस्थामा उद्धार गरिएको, निज पिडितहरूलाई बन्धक बनाई राख्ने AMIR HOSSEN, SALIM MIYA, MD MOSHIUR RAHAMAN, TAHMINA BEGUM, JAHANGIR ALAM, रोशनी राई र तारा नेपालीलाई पक्राउ गरी मुलकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारवाहिको लागि मिति २०८०।०२८ गते प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि हंगेरी पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-११-०१

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि हंगेरी लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- महेश तामाङ   उमेर            :- ५६ वर्ष    स्थायी वतन  :- जिल्ला दोलखा कालिन्चोक गा.पा. वडा नं.४ ।   हाल           :- जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.८ ।देश             :- हंगेरीविगो रकम    :- रु.३,००,०००।– (तीन लाख)पक्राउ मिति   :- २०८२/११/०१  गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- जटाधर राउत   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं.१ ।हाल           :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.१ ।देश             :- बेलायत र रोमानियाविगो रकम    :- रु.८०,००,०००।– (असि लाख)पक्राउ मिति   :- २०८२/१०/२७  गते ।पक्राउ स्थान  :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ । पीडित संख्या :- ५ जना ।

“वैदेशिक रोजगारीको लागि यु.ए.इ. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- ठमराज नेपाली परियार   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.३ । पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ ।२. नाम थर      :- राम कुमार राई   उमेर            :- ३९ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा  नं.१ । पक्राउ स्थान  :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.३ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,८०,०००।– (दुई लाख असि हजार)पक्राउ मिति   :- २०८२/१०/२७ गते । पीडित संख्या :- १ जना ।

“ डाँका र ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी १० वर्ष पछि पक्राउ ”
२०८२-१०-२८

नेत्र बहादुर बुढाथोकीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश भन्ने धावा छिरिङ तामाङ समेत भएको डाँका र ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित दोलखा जिल्ला अदालतको मिति २०७४।०९।०४ गतेको फैसला बमोजिम राकेश भन्ने धावा तामाङ समेतलाई जनही १० (दश) बर्ष कैद र रु.१,००,१८९।- (अक्षेरुपी एक लाख एकसय उनानब्बे रुपैँया) जाहेरवालालाई भराउने ठहर भएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।१०।२७ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्णबाट राकेश भन्ने धावा छिरिङ तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयणको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरणःनाम थर : राकेश भन्ने धावा छिरिङ तामाङउमेर : ३९ वर्षठेगाना: जिल्ला दोलखा शैलुङ गाउँपालिका वडा नं.०४ हालः जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्ण 

“ ६० लाख डकैती गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-१०-२७

मिति २०८२/१०/१४ गते दिनको अन्दाजी १६:०० बजको समयमा जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं. १४ स्थित घ्याङ्खेलमा बोलाई सस्तो मूल्यमा बिल सहितको सुन दिन्छु भन्ने प्रलोभनमा पारी नगद रु. ६०,००,०००।– (साठ्ठी लाख रुपैयाँ) ल्याउन लगाई ८/९ जना व्यक्तिहरुको समूहले पिडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं  पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.     नामथरः- दिपक आले मगर                                            ३. नामथरः- जिवन तामाङउमेरः- २७ बर्ष                                                                                उमेरः-२८ बर्षठेगानाः- जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा. वडा नं. १०                         ठेगानाः- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ७,हाल:- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ५ बस्ने ।                       हालः- जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ५ बस्ने ।पक्राउ स्थानः- जिल्ला भक्तपुर शीर्जनानगर                                             पक्राउ स्थानः- का.जि. बाइपास ।                                                           पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                      पक्राउ मितिः-२०८२।१०।१८ गते ।२.     नामथरः- बिक्रम तामाङ                                                            ४. नामथरः- कर्ण बहादुर सुनारउमेरः- ३२ बर्ष                                                                                  बर्षः- ३८ बर्षठेगानाः- जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं. ३ पार्चा ।                            ठेगानाः- जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं. १३ हाल:- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. ५ लोलाङ बस्ने ।              हालः- का.जि.का.म.न.पा. वडा नं. ९ एयरपोर्ट बस्ने ।पक्राउ स्थानः- का.जि. बाइपास  ।                                                         पक्राउ स्थानः- का.जि. का.म.न.पा. टेकु । पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                       पक्राउ मितिः- २०८२।१०।२० गते ।

“कस्तुरी मृगको बिना (आखेटोपहार) सहित मानिसहरु पक्राउ”
२०८२-१०-२७

जिल्ला काठमाण्डौ शेषमती एरियामा केही व्यक्तिहरूले बन्यजन्तु कस्तुरीको विनाको ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरु सम्बन्धमा अनुसन्धान, पहिचान एवं खोजतलास गर्दै जाँदा यस कार्यालयबाट खटी गएका प्रहरी टोलीले मिति २०८२।१०।२७ गते जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं. ११ नेपालटार शेषमती स्थितको सडकबाटोमा हिडिरहेको अवस्थामा  सरोज परियार र जितेन्द्र बहादुर चन्दलाई पक्राउ गरी निजहरुको शरीर खानतलासी गर्दा सरोज परियारको साथबाट ३० (तिस) ग्राम तौल भएको कस्तुरी मृगको बिना जस्तो देखिने बास्नादार बस्तु (आखेटोपहार) थान-१ फेला पारी राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन,२०२९ बमोजिमको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाण्डौं पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:-१)     नाम : सरोज परियार उमेर : ३९ वर्ष                                                                                ठेगाना : जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने । २)     नाम:- जितेन्द्र बहादुर चन्दउमेर:- ३२ बर्ष ठेगाना :- जिल्ला बैतडी पाटन न.पा.वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने ।