प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यानका फरार अभियुक्त नाम परिवर्तन गरी नकवजनी चोरी मुद्धामा कारागार रहेको व्यक्ती पहिचान गरी कारवाहीको लागी पठाईएको

२०८०-०४-२९

  • A
  • A-
  • A+
Share

मृतकको नाम                    : अप्सरा भन्ने नारायणी तिमिल्सिना

उमेर                                : ५० बर्ष

पेशा                                : ज्यामि काम गर्ने

स्थायी वतन                      : जि. मकवानपुर हाँडिखोला -६ परिवर्तित मनहरा गा.पा-३

लाश फेला परेको मिति        : २०७४/०९/३० गते दिउँसो अन्दाजी ०४:३० बजे

घटना घटेको सम्भावित मिति : २०७४/०९/२९ बेलुका अं.१०:००-११:०० बजेको समयमा

घटनाको छोटकरी विवरण :

मिति २०७४/०९/३० गते दिउँसो अन्दाजी ०४:३० बजेको समयमा का.जि.का.म.न.पा.-१४ बल्खु भुवनेश्वरी मन्दिर पछाडि बोक्सी दह डाडाँमा नाम थर वतन नखुलेकी बर्ष अन्दाजी ४८/५० की महिलालाई टाउँको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत लाश फेला परेको घटना सम्बन्धमा ।

   अनुसन्धान पश्‍चात खुल्न आएको कुराहरु       

Ø मृतकको शरिरको  खानतलासी गर्दा सानो किप्याड मोबाईल फेला पारी मोबाईलमा भएका नम्बर डायल गर्दा आफन्त मार्फत मृतकको सनाखत भएको ।

Ø घटना घटेको दिन मृतकसंग बारम्बार बढी फोन सम्पर्क भएका नम्बरहरुको अनुसन्धान गर्दै जादा बढी समय फोन सम्पर्क गर्ने मृतकसंगै ज्यामी काम गर्ने जिल्ला धादिङ मुलपानी घर भएको शिवराम अधिकारी भएको पुष्टी हुन गएको,

Ø शिबराम अधिकारीको खोजतलास गर्दा निज कर्तव्य ज्यान घटना पश्चात भागेको, परिवारका सदस्यसंग भेटी शिबरामको बारे बुझ्दा मिति २०७४/०९/२९ गते देखी घर नआएको, परिवारका सदस्यलाई फोन सम्पर्क पनि नगरेको भन्ने जानकारी आए पश्चात शिवरामको निरन्तर खोजी कार्य भएको,

Ø घटना पश्चात शिबराम अधिकारी जिल्ला उदयपुर कटारी एरिया गई बसेको, केही दिन पश्चात सिराहाको मिर्चैयाँ एरियामा देखा परेको, त्यसको केही दिन पश्चात मकवानपुर पुगी केही दिन पछी धादिङ सल्यानटार एरियामा देखा परेको,

Ø घटना पश्चात प्रहरीको निरन्तर खोजतलासका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली धादिङ गई खोजी कार्य गर्दा फेला नपरेको,

Ø निरन्तर खोजतलास गर्ने क्रममा निजले पछिल्लो समयमा काठमाण्डौ जिल्ला रामकोट एरियामा तरकारी टनेल संचालन गर्दै आएको भन्ने सूचना प्राप्त भए पश्चात प्रहरी टोली त्यो एरियामा गई स्थानिय मानिसहरुलाई शिवरामको फोटो देखाई सनाखत गराउँदा हाल यो मानिस देखा परेको छैन निजको परिवार बस्ने टहरा र टनेल त्यो हो भनी देखाए पछि त्यो ठाउँमा गई हेर्दा शिवराम टहरामा फेला नपरेको ,

Ø अनुसन्धान गर्दै जादा शिबरामको श्रीमती नानिमाया अधिकारीले कारागारमा निरन्तर सम्पर्क गरेको देखिएपछी सो सम्बन्धमा त्यो व्यक्तीको बारेमा बुझ्दै जादा अर्जुन अधिकारी भन्ने बुझिएको,

Ø शिवरामका आफन्तसंग बुझ्दा थानकोटको चोरी केसमा पक्राउ परि केन्द्रिय कारागार सुन्धारामा थुनामा रहेको कुरा खुल्न आएको ,

Ø केन्द्रिय कारागारमा पत्राचार गरी निजको बारेमा बुझ्दा मिति २०७९/०७/०६ गते चोरी गर्दा गर्दै थानकोट प्रहरीले पक्राउ गरेको मिति २०७९/०७/२९ गते नकवजनी चोरी मुद्धामा ३ बर्ष कैद सजाय सुनाई अर्जुन अधिकारी नाममा७ केन्द्रिय कारागारमा रहेको भन्ने जानकारी दिएको,

Ø  कारागारबाट अर्जुन अधिकारीको फोटो झिकाई निजको श्रीमती र त्रिपुरासुन्दरी गा.पा. का प्रतिनिधीबाट सनाखत गराउदा निज अर्जुन अधिकारी नभई शिवराम अधिकारी हो भनि सनाखत गरिदिएको,

Ø यस कार्यालयको अनुसन्धान पश्चात पिडितको जाहेरी लिई थप अनुसन्धानको लागी प्रहरी वृत्त कालीमाटीमा पठाइएको ।

 पक्राउ ब्यक्ति : (हाल केन्द्रिय कारागार सुन्धारामा रहेको) 

नाम :- शिबराम अधिकारी

उमेर :- ४६ वर्ष

वतन :-जिल्ला धादिङ मुलपानी गा.वि.स. हाल त्रिपुरासुन्दरी गा.पा.-३ तल्लो पोखरा

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।