“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०४-२९
- A
- A-
- A+
जिल्ला
ईलाम रोङ गा.पा. वडा नं. ६ स्थाइ घर भई
हाल का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगल बस्ने वर्ष ३१ को उमेश सेती सुरुवालले
सुरज श्रेष्ठ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि
प्रतिव्यक्ति रु. १३,००,०००/- ( अक्षेरुपी तेह्र लाख रुपैयाँ मात्र ) लाग्छ, पोर्चुगल
पुगेपछि कृषि कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ
भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ३९,००,०००/- (अक्षरुपी उन्चालीस लाख रुपैयाँ मात्र) रकम लिई
सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी
उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज
उमेश सेती सुरुवालको खोजतलास गर्ने क्रममा मिति २०८०।०४।२८ गते अं. १६:०० बजेको
समयमा का.जि.का.म.न.पा. वडा नं. ६ बौद्ध बाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : उमेश सेती सुरुवाल
उमेर : ३१ वर्ष
वतन
: जिल्ला ईलाम रोङ गा.पा. वडा नं.
६ स्थाइ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगल ।