प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ Facebook ID ह्याक (HACK) गरि नजिकका व्यक्तिहरुलाई रकम ठगि गर्ने समुह पक्राउ ”

२०८०-०४-३२

  • A
  • A-
  • A+
Share

विभिन्न व्यक्तिहरुले आफ्नो Facebook ID Hack गरि आफ्नो Friend list मा भएका व्यक्तिसंग पैसा मागेको भनि यस कार्यालयमा निवेदन दिएकोमा सो सम्बन्धी अनुसन्धान गर्दै जादा उक्त घटनामा संलग्न तपसिलमा उल्लेखित ५ जना व्यक्तिहरुलाई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका बसपार्क स्थित रेसुंगा बुटवल गेष्ट हाउसमा कोठाहरू भाडामा लिई बसेको अवस्थामा फेला पारी प्रारम्भिक अनुसन्धान गरि हेर्दा निजहरुले म्यासेन्जरमा विभिन्न व्यक्तिको  Facebook id ह्याक गरी निजका साथिहरुलाई मेसेन्जरबाट म्यासेज गरी Esewa / Khalti जस्ता वालेटहरुमा पैसा हाल्न लगाई ठगि गर्ने गरेको देखिएकोले निजहरुलाई मिति २०८०।०४।३१ गते  दिँउसो अ. १५:०० बजेको समयमा का.जि.का.म.न.पा. नयाँ बसपार्कबाट यस कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिई ठगि तथा विद्युतिय कारोवार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारवाहिको लागि  जिल्ला प्रहरी परिसर , टेकु काठमाण्डौ पठाईएको ।

पक्राउ ब्यक्तिहरु:

१.   जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भई  हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका     नयाँबसपार्क बस्ने सिमान्त लामा ।(Facebook ID ह्याक(Hack) गर्ने)

२.   जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका   बसपार्क बस्ने अमन्त लामा ।(विभिन्न वहानामा रकम माग गर्ने)

३.  कास्की महानगरपालिका वडा नं.१० घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका  नयाँबसपार्क  बस्ने सुब्बु भन्ने       शुभेक्षा  गुरुङ ।(वालेटमा आएको रकम झिक्ने)

४.   जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका  नयाँबसपार्क बस्ने  अनुप श्रेष्ठ ।(वालेटमा आएको रकम झिक्ने)

५.    जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका      बसपार्क बस्ने रोहन तामाङ ।(सिमकार्ड उपलब्ध गराउने)

अनुसन्धान पश्चात खुल्न आएका कुराहरु

·        विभिन्न व्यक्तिको ३० वटा Facebook ID Hack गरिएको ।

·         विभिन्न व्यक्तिको १२ वटा gmail id प्रयोग गरिएको ।

·       विभिन्न बहानामा OTP code हरु माग्ने गरेको ।

·        हालसम्म २२  जना पिडितहरु यस कार्यालयको सम्पर्कमा आएको ।

·        हालसम्म प्राप्त विवरण अनुसार १४,५८,०००।–(चौध लाख अन्ठाउन्न हजार ) को कारोवार देखिएको ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि हंगेरी पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-११-०१

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि हंगेरी लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- महेश तामाङ   उमेर            :- ५६ वर्ष    स्थायी वतन  :- जिल्ला दोलखा कालिन्चोक गा.पा. वडा नं.४ ।   हाल           :- जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.८ ।देश             :- हंगेरीविगो रकम    :- रु.३,००,०००।– (तीन लाख)पक्राउ मिति   :- २०८२/११/०१  गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- जटाधर राउत   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं.१ ।हाल           :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.१ ।देश             :- बेलायत र रोमानियाविगो रकम    :- रु.८०,००,०००।– (असि लाख)पक्राउ मिति   :- २०८२/१०/२७  गते ।पक्राउ स्थान  :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ । पीडित संख्या :- ५ जना ।

“वैदेशिक रोजगारीको लागि यु.ए.इ. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- ठमराज नेपाली परियार   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.३ । पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ ।२. नाम थर      :- राम कुमार राई   उमेर            :- ३९ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा  नं.१ । पक्राउ स्थान  :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.३ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,८०,०००।– (दुई लाख असि हजार)पक्राउ मिति   :- २०८२/१०/२७ गते । पीडित संख्या :- १ जना ।

“ डाँका र ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी १० वर्ष पछि पक्राउ ”
२०८२-१०-२८

नेत्र बहादुर बुढाथोकीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश भन्ने धावा छिरिङ तामाङ समेत भएको डाँका र ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित दोलखा जिल्ला अदालतको मिति २०७४।०९।०४ गतेको फैसला बमोजिम राकेश भन्ने धावा तामाङ समेतलाई जनही १० (दश) बर्ष कैद र रु.१,००,१८९।- (अक्षेरुपी एक लाख एकसय उनानब्बे रुपैँया) जाहेरवालालाई भराउने ठहर भएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।१०।२७ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्णबाट राकेश भन्ने धावा छिरिङ तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयणको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरणःनाम थर : राकेश भन्ने धावा छिरिङ तामाङउमेर : ३९ वर्षठेगाना: जिल्ला दोलखा शैलुङ गाउँपालिका वडा नं.०४ हालः जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्ण 

“ ६० लाख डकैती गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-१०-२७

मिति २०८२/१०/१४ गते दिनको अन्दाजी १६:०० बजको समयमा जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं. १४ स्थित घ्याङ्खेलमा बोलाई सस्तो मूल्यमा बिल सहितको सुन दिन्छु भन्ने प्रलोभनमा पारी नगद रु. ६०,००,०००।– (साठ्ठी लाख रुपैयाँ) ल्याउन लगाई ८/९ जना व्यक्तिहरुको समूहले पिडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं  पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.     नामथरः- दिपक आले मगर                                            ३. नामथरः- जिवन तामाङउमेरः- २७ बर्ष                                                                                उमेरः-२८ बर्षठेगानाः- जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा. वडा नं. १०                         ठेगानाः- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ७,हाल:- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ५ बस्ने ।                       हालः- जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ५ बस्ने ।पक्राउ स्थानः- जिल्ला भक्तपुर शीर्जनानगर                                             पक्राउ स्थानः- का.जि. बाइपास ।                                                           पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                      पक्राउ मितिः-२०८२।१०।१८ गते ।२.     नामथरः- बिक्रम तामाङ                                                            ४. नामथरः- कर्ण बहादुर सुनारउमेरः- ३२ बर्ष                                                                                  बर्षः- ३८ बर्षठेगानाः- जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं. ३ पार्चा ।                            ठेगानाः- जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं. १३ हाल:- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. ५ लोलाङ बस्ने ।              हालः- का.जि.का.म.न.पा. वडा नं. ९ एयरपोर्ट बस्ने ।पक्राउ स्थानः- का.जि. बाइपास  ।                                                         पक्राउ स्थानः- का.जि. का.म.न.पा. टेकु । पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                       पक्राउ मितिः- २०८२।१०।२० गते ।

“कस्तुरी मृगको बिना (आखेटोपहार) सहित मानिसहरु पक्राउ”
२०८२-१०-२७

जिल्ला काठमाण्डौ शेषमती एरियामा केही व्यक्तिहरूले बन्यजन्तु कस्तुरीको विनाको ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरु सम्बन्धमा अनुसन्धान, पहिचान एवं खोजतलास गर्दै जाँदा यस कार्यालयबाट खटी गएका प्रहरी टोलीले मिति २०८२।१०।२७ गते जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं. ११ नेपालटार शेषमती स्थितको सडकबाटोमा हिडिरहेको अवस्थामा  सरोज परियार र जितेन्द्र बहादुर चन्दलाई पक्राउ गरी निजहरुको शरीर खानतलासी गर्दा सरोज परियारको साथबाट ३० (तिस) ग्राम तौल भएको कस्तुरी मृगको बिना जस्तो देखिने बास्नादार बस्तु (आखेटोपहार) थान-१ फेला पारी राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन,२०२९ बमोजिमको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाण्डौं पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:-१)     नाम : सरोज परियार उमेर : ३९ वर्ष                                                                                ठेगाना : जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने । २)     नाम:- जितेन्द्र बहादुर चन्दउमेर:- ३२ बर्ष ठेगाना :- जिल्ला बैतडी पाटन न.पा.वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने ।