“ क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०५-१०
- A
- A-
- A+
जिल्ला
रामेछाप उमाकुण्ड गा.पा. वडा नं. १ घर भई हाल का.जि.कागेश्वरी मनोहरा.न.पा. वडा
नं. ०८ गोठाटार बस्ने वर्ष ३५ को शर्मिला सुनुवारले लक्ष्मण हमाललाई वैदेशिक
रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु, त्यसको लागि रु. ७,५०,०००/- ( अक्षेरुपी सात
लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ, क्रोएसिया पुगेपछि फुड प्याकिङमा काम लगाइदिन्छु,
मासिक रु. १,००,०००/- भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज
पीडितबाट पटकपटक गरी जम्मा रु. २,००,०००/- (अक्षेरुपी दुई लाख रुपैयाँ मात्र)
रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ
गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
निज शर्मिला सुनुवारको खोजतलास गर्ने क्रममा मिति २०८०।०५।०८ गते १४:००बजेको समयमा
का.जि. मनोहरा.न.पा. वडा नं. ८ गोठाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : शर्मिला सुनुवार
उमेर : ३५ वर्ष
वतन : जिल्ला रामेछाप उमाकुण्ड गा.पा. वडा नं. १ घर भई हाल का.जि.कागेश्वरी मनोहरा.न.पा. वडा नं. ०८ गोठाटार ।