“नक्कली Facebook ID मा अश्लिल फोटो तथा भिडियो राखी चरित्र हत्या गर्ने ब्यक्ति पक्राउ”
२०८०-०५-१२
- A
- A-
- A+
सामाजिक संजाल Facebook मा केटी साथीहरुलाई Friend Request पठाई साथी बनी नजिक भई प्रेम जालमा पारी बिभिन्न बहानामा खिचिएका अश्लिल
फोटो तथा भिडियोहरुको दुरुपयोग गरी Fake Facebook ID Create गरी उक्त फोटो तथा भिडियोहरु Public
Post गरी सोहि फोटो तथा
भिडियोहरु पीडितको आफन्तहरुलाई समेत पठाई
चरित्र हत्या गर्ने कार्यमा संलग्न जिल्ला भक्तपुर,
भक्तपुर नगरपालिका वडा नं. १४ बस्ने बर्ष २५ को सुसन चौगुठीले विद्युतिय कारोवार ऐन, २०६३ बिपरितको
कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले निजलाई पक्राउ गरी विद्युतिय कारोवार ऐन, २०६३ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं
कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो, भोटाहिटी पठाईएको ।
पक्राउ परेका ब्यक्तिको विवरण:
१. नामथर : सुसन
चौगुठी
उमेर : २५
बर्ष
ठेगाना : जिल्ला
भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १४