“अनलाईन मार्फत झूट्टा Receipt पठाई ठगी गर्ने व्यक्ति पक्राउ”
२०८०-०५-२१
- A
- A-
- A+
अनलाईन पेज मार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामानहरु बिक्री गर्ने गरेकोमा सामाजिक सञ्जाल Instagram मा Instagram ID: @bikesh.rana58 नाम गरेका व्यक्तिसंग कुराकानी हुदाँ आफु UK मा रहेको बताई साथीहरुलाई औठी गिफ्ट पठाउनु पर्ने छ भनी विभिन्न बहाना बनाई अनलाईन मार्फत सामान अर्डर गरी बैक खातामा रकम पठाई दिन्छु भनि खाता नम्बर पठाएपछि UK लण्डनबाट Remit एप्स मार्फत बैक खातामा रकम पठाई सकेको छु भनी झुट्टा Receipt पठाई पिडितलाई झुक्यानमा पारी जम्मा नेपाली रु.१०,९५,५००।– (अक्षरुपी दस लाख पञ्चानब्बे हजार पाँच सय ) रकम ठगी गर्ने कार्यमा संलग्न जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौ गोठाटार बस्ने बर्ष २२ को सुसन घिमिरेलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:
नामथर : सुसन घिमिरे
उमेर : २२ बर्ष
ठेगाना : जिल्ला ललितपुर गोदावरी न.पा. वडा
नं. ७ घर भई
हाल जिल्ला काठमाण्डौ गोठाटार ।