“ फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०५-२४
- A
- A-
- A+
जिल्ला
स्याङजा वालिङ न.पा वडा नं. १२ स्थाई घर भइ हाल का.जि.का.म.न.पा वडा नं. ४
सुकेधारा बस्ने वर्ष ४९ को बिर बहादुर गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक
रोजगारीको लागि फ्रान्स पठाईदिन्छु, त्यसको लागि रु. १७,००,०००/- ( अक्षेरुपी सत्र
लाख रुपैयाँ मात्र ) लाग्छ, फ्रान्स पुगेपछि
Hotel मा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/- भन्दा धेरै तलव
हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. १४,००,०००/-
(अक्षेरुपी चौध लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी
गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन
भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज बिर बहादुर गुरुङको
खोजतलास गर्ने क्रममा मिति २०८०।०५।२४ गते १४:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा
नं. ४ सुकेधाराबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : बिर बहादुर
गुरुङ
उमेर : ४९ वर्ष
वतन : जिल्ला स्याङजा वालिङ न.पा वडा नं. १२ स्थाई घर भइ हाल का.जि.का.म.न.पा वडा नं. ४ सुकेधारा ।