“ मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८०-०५-२५
- A
- A-
- A+
जिल्ला
नुवाकोट सुर्यगढी गा.पा. वडा नं. २ स्थाई घर भई हाल का.जि.टोखा न.पा. वडा नं. १० बस्ने
वर्ष २७ की तुलसा वाग्ले अधिकारीले खिमलाल बढा मगर समेत २ जनालाई वैदेशिक
रोजगारीको लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा
पारी निज पीडितहरुबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार
विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निज तुलसा वाग्ले अधिकारीको खोजतलास गर्ने क्रममा
मिति २०८०।०५।२५ गते अं. ०८:०० बजेको समयमा का.जि.टोखा न.पा. वडा नं. १० टोखाबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
निम्न:
नाम थर : तुलसा वाग्ले अधिकारी
उमेर : २७ वर्ष
वतन
:
जिल्ला नुवाकोट सुर्यगढी गा.पा. वडा नं. २ स्थाई घर भई हाल का.जि.टोखा न.पा. वडा
नं. १०